भारतमा एकैदिन ७६ हजार सङ्क्रमित, एक हजार २३ जनाको मृत्यु
गोरखापत्र अनलाइन ,
भाद्र ११, २०७७ बिहीबार
भारतमा एकैदिन अहिलेसम्मको सबैभन्दा धेरै झण्डै ७६ हजार सङ्क्रमित भेटिएका छन् । भारतमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमित कुनै राष्ट्रमा चौबीस घण्टामा थपिएका अहिलेसम्मकै उच्च संख्या हो ।