लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन
फाल्गुन ५, २०७७ बुधबार
शक्ति पृथकीकरण, शक्ति सन्तुलन र नियन्त्रण भनेको के हो ? नेपालको संविधानमा यससम्बन्धी के–कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको शक्ति राज्यशक्ति हो । यो सबै शक्ति÷अधिकार एउटै व्यक्ति÷एकाईमा दिँदा शासक जतिसुकै लोकतान्त्रिक भए पनि निरङ्कुशताको सिर्जना हुन्छ, स्वेच्छाचारिता बढ्छ, नागरिकको स्वतन्त्रता समाप्त हुन्छ । त्यसकारण राज्यशक्तिलाई विभिन्न एकाईमा विभाजन गर्नुपर्छ...