logo
२०८१ जेष्ठ ३ बिहीवार



भ्रमण वर्ष प्रवद्र्धनमा कूटनीतिक नियोग

मुख्य समाचार |


भ्रमण वर्ष प्रवद्र्धनमा कूटनीतिक नियोग


चाँदनी हमाल

काठमाडौँ, माघ ५ गते । नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने औपचारिक सुरुआत गरेसँगै विभिन्न देशमा रहेका कूटनीतिक नियोगहरूले अत्यन्त राम्रोसँग भ्रमण वर्षको प्रवद्र्धन सुरु गरेका छन् ।
सन् २०२० भित्र नेपालमा २० लाख पर्यटकको भ्रमण गराउने लक्ष्यसहित राष्ट्रपति विद्यादेवी भण्डारीले जनवरीको पहिलो दिन नेपाल भ्रमण वर्षको समुद्घाटन गर्नुभएको थियो । ‘नेपाल भ्रमण वर्ष २०२० ः जीवनभरका लागि अनुभव’ नारासहित सुरु भएको भ्रमण वर्षलाई सफल बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा रहेका नेपालका कूटनीतिक नियोगलाई अभियान सुरु गर्न निर्देशन दिएसँगैैैै कूटनीतिक नियोगको सक्रियता बढेको हो ।
नेपालमा भ्रमण वर्ष सुरु भइसकेको छ भने छिमेकी मुलुकमा भने धमाधम नेपाल भ्रमण वर्षलाई सफल बनाउने अभियानको घोषणा भइरहेका छन् । विदेशस्थित कूटनीतिक नियोगहरूले नेपालको छवि प्रस्फुटन गर्दै विदेशी पर्यटक आकर्षण गर्न विविध कार्यक्रम गर्दै आएका छन् । कतै सडक प्रदर्शन र पदयात्रा गरिएका छन् भने कतै चर्चित व्यक्तित्वले नेपालका बारेमा प्रचार गरेको पाइएको छ । कूटनीति देशको आर्थिक विकाससँग नजिक रहेकाले पर्यटनका लागि पनि महìवपूर्ण साध्यका रूपमा रहेको छ । मन्त्री ज्ञवालीका अनुसार नेपालका विभिन्न ३० देशमा दूतावास छन् । कतिपय देशका दूतावासले छभन्दा बढी देश हेर्ने गर्छन् । तीनवटा संयुक्त राष्ट्रसङ्घीय मिसनसँगै १६८ देशसँग नेपालको दौत्य सम्बन्ध कायम छ ।
परराष्ट्र मन्त्रालयका नीति योजना महाशाखाका सहसचिव कुमारराज खरेलले भन्नुभयो, “अत्यन्त राम्रोसँग भ्रमण वर्षको प्रवद्र्धन कूटनीतिक नियोगहरूले गरिरहेका छन्, युरोप र अमेरिकातिर भने छुट्टीको समय रहेकाले केही ढिला भइरहेको छ ।”

भारत र चीनको उच्च भरोशा
नेपाल भ्रमण वर्षको प्रवद्र्धनमा भारत र चीनको उच्च भरोशा रहेको छ । भ्रमण वर्ष उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतका समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिनुभएको छ र मोदीले सहर्ष स्वीकार्नुभयो । भारत र नेपालको धार्मिक पर्यटनको सम्बन्ध निकै पुरानो हो ।
चारधाम गर्न होस् वा पुण्य कमाउन, नेपालबाट भारत र भारतबाट नेपाल बर्सेनि लाखौँको सङ्ख्यामा तीर्थाटन गर्न आवतजावत हुन्छ । पछिल्लो समय धार्मिक पर्यटनलाई रामायण सर्किट, लुम्बिनी सर्किटसहितका सञ्जालमा विस्तार गर्न दुवै देशको सहकार्य भइरहेको छ ।
उता उत्तरतर्फ हिमाल र पहाड जोडिएको छिमेकी चीनसँगको गाँठो भ्रमण वर्षअघि नै बलियो बन्यो । भ्रमण वर्षको पूर्वाद्र्धमा गत असोज २५ र २६ को दुईदिने भ्रमणमा चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आउनुभयो । उहाँले चीन हरेक तवरले नेपालको छिमेकी हुनुको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सम्बोधनमा भन्नुभयो, “सन् २०२० नेपाल भ्रमण वर्षका अवसरमा बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपालमा आउन उत्प्रेरित गर्नेछौँ । शैक्षिक तथा सांस्कृतिक क्षेत्रका सहकार्यमा लगानी पठाएर जनताबीचको समझदारी बढाउने छौँ । दुई देशबीचको भगिनी सहरलाई भगिनी सम्बन्ध कायम गर्न पनि उत्प्रेरित गर्नेछौँ ।”
राष्ट्रपति सीले स्पष्ट पार्नुभएको थियो, “लुम्बिनी बुद्धको जन्मस्थल हो, अहिले चीन बुद्धधर्म मान्ने मानिसको सङ्ख्या संसारमा सबैभन्दा बढी भएको मुलुक हो । चीनमा यो स्थानीयको धर्म बनेको छ । आगामी दिनमा बढीभन्दा बढी बुद्धधर्म मान्ने चिनियाँहरू नेपालमा पर्यटन भ्रमण गर्नेछन् ।”
भर्खरै भ्रमण वर्ष प्रवद्र्धन अभियानको सुरुआतसँगै चीनले आफ्नो तर्फबाट सद्भावना दूतका रूपमा सु छिङलाई नियुक्त ग¥यो । उहाँले नेपालमा चीनका पर्यटक पठाउने कार्यमा सहकार्य गर्नुहुनेछ । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले भ्रमण वर्ष चीनमार्फत सफल हुने जानकारी दिनुभयो । गएको १० महिनामा एक लाख ३५ हजार चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षमा कुल एक लाख ६७ हजार ५४१ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क परराष्ट्र मन्त्रालयसँग छ ।

सार्कमा पर्यटन प्रवद्र्धन
दक्षिण एसियाली मुलुकहरू भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स र अफगानिस्तान नेपालसँग सम्बन्ध भएका मुलुक हुन् । यी मुलुकले नेपाल भ्रमण वर्षलाई विभिन्न कार्यक्रम गरी सघाइरहेका छन् । पाकिस्तानका लागि नेपालकी राजदूत सेवा लम्सालले नेपालको पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिँदै भ्रमण वर्षको अभियान सुरु गर्नुभएको छ । बङ्गलादेशका लागि नेपालका राजदूत वंशीधर मिश्रले त्यहाँका रेलमन्त्री नरुल इस्लाम सुजोनलाई प्रमुख अतिथि बनाएरै भ्रमण वर्षको प्रवद्र्धन गर्नुभएको छ ।

जापानदेखि मङ्गोलियासम्म
यस क्षेत्रका जापान र मङ्गोलियाले नेपालको भ्रमण वर्षमा चासो राखेका छन् । जापानमा आयोजित विशेष समारोहमा जापानका पर्यटन उपमन्त्री नोरी हिरो नाकायामा सहभागी हुनुभयो । नेपाली राजदूत प्रतिभा राणाले जापानीलाई नेपाल भ्रमणका लागि पठाउन जापानी मन्त्रीसँग आग्रह गर्नुभयो । जापानबाट बर्सेनि ४० हजारभन्दा बढी पर्यटक नेपाल आउने गरेका छन् ।

पूर्वी एसिया तथा प्रशान्त क्षेत्र
यस क्षेत्रमा मलेसिया नेपाली कामदार बढी रहेको देश हो । मलेसियामा रेमिट्यान्ससँगै पर्यटक भिœयाउने योजना अनुसार भ्रमण वर्षको उद्घाटन गरिएको छ । अस्ट्रेलियामा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई आफैँ पुगेर भ्रमण वर्षको निम्तो दिनुभयो ।
भियतनामका २३ हजार पर्यटकले गएको वर्ष नेपाल भ्रमण गरे । भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लुम्बिनी, बुद्धजन्म र विश्वशान्तिका विषयमा प्रवचन दिनुभएको थियो । यस वर्ष पर्यटकलाई थप आकर्षित गर्ने योजना छ । गएको वर्ष सात हजारभन्दा बढी पर्यटक नेपाल आएको इन्डोनेसियाबाट यस वर्ष अझ थप हुने अपेक्षा राखिएको छ ।
म्यानमारमा पर्यटन प्रवद्र्धन गर्न ‘रोड सो’ आयोजना गरियो । म्यानमारबाट पनि गत वर्ष ४० हजार बढी पर्यटक नेपाल भित्रिएका थिए । फिलिपिन्स पनि नेपालमा पर्यटक आउने देशमा पर्छ । थाइल्यान्डमा नेपाल भ्रमण वर्षको प्रचार गर्दै पदयात्रा सम्पन्न भएको छ । यहाँबाट गत वर्ष ५२ हजार पर्यटक नेपाल आएका थिए । कम्बोडिया र न्युजिल्यान्डमा पर्यटन डाक्ने काम बाँकी छ । न्युजिल्यान्डबाट गएको वर्ष पाँच हजार तीन सय पर्यटक नेपाल आएका थिए ।

मध्यपूर्व तथा अफ्रिका
पश्चिम एसिया तथा अफ्रिकामा भ्रमण वर्ष प्रवद्र्धन गहन ढङ्गले भइरहेको छ । यो क्षेत्र हेर्नुहुने परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेका अनुसार यस क्षेत्रमा सबैभन्दा बढी नेपाली कामदार रहन्छन् । कतार, साउदी अरब, कुवेत, बहराइन, ओमान, संयुक्त अरब इमिरेट्स, मोरिसस्, लेबनान्, जोर्डन, इजिप्ट, इजरायल लगायतका देश यसअन्तर्गत पर्छन् । कतार, साउदी अरब, इजिप्ट, इजरायल र यूएईमा भ्रमण वर्षको उद्घाटन भइसकेका छन् । बाँकीमा हुने क्रममा छ ।

युरोप र अमेरिकामा अब अभियान
यस क्षेत्रका मुख्य देश अमेरिका, बेलायत, रुस, बेल्जियम, ब्राजिल, कोस्टारिका, डेनमार्क, युरोपेली सङ्घ, फिनल्यान्ड, फ्रान्स, आयरल्यान्ड, नर्वे, पोल्यान्ड, पोर्चुगल, रोमानिया, सर्विया, टर्की, स्विट्जरल्यान्ड आदिमा भ्रमण वर्ष अभियान सुरु हुन बाँकी छ । क्यानडा, जर्मनी, अस्ट्रिया र स्पेनमा भ्रमण वर्ष २०२० को अभियान सुरु भइसकेको छ ।
स्पेनमा माउन्टेन सेलिब्रेटी कार्लोस सोरियाले नेपालका हिमालका बारेमा प्रचार गर्नुभयो । ८० वर्षीय उहाँले विश्वका १४ उच्च हिमालमध्ये १२ को आरोहण गर्नुभएको छ । नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी बेरीले नेपाल भ्रमण वर्ष २०२० प्रति आफू उत्साहित रहेको जनाउँदै नेपाल भ्रमण वर्षको प्रवद्र्धन सामाजिक सञ्जालमार्फत गर्नुभएको छ । भ्रमण वर्षलाई देशको समृद्धिसँग जोड्ने योजना सरकारले बुनेर कूटनीतिक निकायलाई सक्रिय बनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अतिथि देवो भवः मूलमन्त्र
‘अतिथि देवो भवः’ यो मात्र भनाइ होइन, नेपाली माटो अतिथिलाई देवता मान्छ भनेर चरितार्थ गर्ने मन्त्र हो । स्वदेशी र विदेशी मित्रको स्वागतसँगै आपसी सद्भाव, मेलमलिाप, शान्ति र समाज व्यवस्थापनमा ‘अतिथि देवो भवः’को मन्त्र निकै अमूल्य मानिन्छ ।
नेपालको हिमाल, प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र नेपाली मुस्कानको रसास्वादन गर्न पर्यटक उत्सुक रहन्छन् । अतिथि आगमनले उच्च कूटनीतिक र राजनीतिक सम्बन्धसँगै जनसम्बन्धको जग बलियो बनाउने विश्वास सरकारसँगै हरेक नेपालीले राखेका छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?