logo
२०८१ बैशाख ८ शनिवार



युक्रेनबाट नेपाली ल्याउन पहल

खुला |


युक्रेनबाट नेपाली ल्याउन पहल


काठमाडौँ, फागुन १५ गते । युक्रेनमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्वदेश फर्काउन नेपाल सरकारले सक्दो पहल गरिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय र मातहतका दूतावास, गैरआवासीय नेपाली सङ्घ तथा स्थानीय नेपालीको संयुक्त सक्रियतामा युक्रेनमा रहेका नेपाली नागरिकलाई सकुशल नेपाल फर्काउन पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रुस–युक्रेन युद्धक्रममा युक्रेनको राजधानी किभमै पनि पछिल्लो समय बमबारी भएपछि त्यहाँ रहेका नेपाली नागरिकमा थप त्रास छाएको छ । किभमा अध्ययनरत निशा कुँवर, कल्पना तामाङ, विशाल गुरुङलगायतका विद्यार्थी कहाँ कसरी गएर सुरक्षित हुने भन्नेमा अन्योल रहेको बताउनुहुन्छ । बीबीसी नेपाली सेवासँग कुरा गर्दै उहाँहरूले विश्वविद्यालय क्षेत्रमा आक्रमण भएको बताउनुभयो ।

विश्वविद्यालयआसपासमै रहेको छात्रावासमा रहेका विद्यार्थी भाग्यवश बाँचेको प्रतिक्रिया दिइरहेका छन् । आफूले दूतावासमा सम्पर्क गर्दा जसरी हुन्छ, सीमाक्षेत्रमा पुग्न भनिएको तर यातायातसाधन नचलेकाले कसरी जाने केही थाहा नभएको विद्यार्थीले बताएका छन् । पैसा नभएको र बैङ्क, बजार, पसल सबै बन्द रहेकाले समस्यामा पर्न थालेको विद्यार्थीले बताए । उनीहरूजस्तै १२९ जना नेपाली सामाजिक सञ्जालको समूहमा रहेर आफ्ना पीडा साटिरहेका छन् ।

युद्धको आतङ्क र बमबारीबीच पनि त्यहाँ रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानमा पु-याएर स्वदेश फर्काउन सरकारले पहल गरिरहेको परराष्ट्र मन्त्रालयस्थित युरोप हेर्ने महाशाखा प्रमुख निर्मल काफ्लेले बताउनुभयो । उहाँका अनुसार युक्रेनआसपासका दूतावासले तीनवटा देश स्लोभाकिया, रोमानिया र पोल्यान्डतिरको सीमाक्षेत्रमा स्थापना गरेको क्याम्पसम्म पुग्न नेपाली नागरिकलाई भनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?