logo
२०८१ श्रावण ११ शुक्रवार



नेपालमै बन्यो स्यानिटाइजर

मुख्य समाचार |


नेपालमै बन्यो स्यानिटाइजर


चाँदनी हमाल

काठमाडौँ, चैत ५ गते । नेपाली जडीबुटीबाट रोग प्रतिरोधात्मक क्षमतासहितको स्यानिटाइजर नेपालमै बनेको छ । वनस्पति विभ(ागले जडीबुटीयुक्त स्यानिटाइजरको फर्मुलासँगै स्यानिटाइजर बनाएर परीक्षण प्रयोग गरेको छ ।
यति बेला कोरोना भाइरस (कोभिड–१९)बाट बच्न उपयोग गरिने अत्यावश्यक सामग्री मास्क र स्यानिटाइजरको अभाव नेपाली बजारमा देखिएको छ । विदेशबाट आयात हुने पनि आइरहेका छैनन् । भएका सामग्री पनि कालोबजारी गर्नेले लुकाउने र महँंगोमा बिक्री गरिरहेका छन् । यही बेला अत्यावश्यक सामग्रीमा आत्मनिर्भर बन्न वनस्पति विभागले स्यानिटाइजरको फर्मुलासहित यसको सफल प्रयोग गरेको हो ।
“विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका अवलम्बन गर्दै स्यानिटाइजर बनाएर आफैँ प्रयोग गरिसकेका छौँ”, विभागका महानिर्देशक धनञ्जय पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विभागले बनाएको जडीबुटीयुक्त स्यानिटाइजरले एन्टिभाइरल र एन्टिब्याक्टेरियल गुण बोकेको छ । फर्मुलामै आधारित रहेर बन(ाइएको स्यानिटाइजरको उपयोग विभागका कर्मचारी र शुभेच्छुकले गरिरहेका छन् । विभागले नै स्यानिटाइजर बनाएपछि बाहिर खोजेर हिँड्नुपर्ने झन्झटबाट कर्मचारी मुक्त छन् । यसको असर बजारिया स्यानिटाइजरभन्दा अत्याधिक गुणयुक्त रहेको विभागले जनाएको छ । विभागले बनाएको स्यानिटाइजरको फर्मुला छिट्टै नै सरकारी प्रतिनिधिको रोहबरमा उत्पादनका लागि हस्तान्तरण गरिँदैछ । “हाम्रो काम अध्ययन गर्ने र फर्मुला बनाउने हो, यसको प्रयोग गरेर आत्मनिर्भर हुने बाटोमा सरकारका अन्य निकाय र निजी क्षेत्रको योजनाको साथ चाहिन्छ”, महानिर्देशक पौडेल भन्नुहुन्छ । सोअनुसार अल्कोहल रसायन भएको इथानोलसँगै नेपाली जडीबुटीको समायोजनमा स्यानिटाइजर निर्माणमा गरिएको विभ(ागस्थित प्राकृतिक सम्पदा अनुसन्धानशालाका प्रमुख अध्येता देवीप्रसाद भण्डारीले जानकारी दिनुभयो । स्यानिटाइजरमा अल्कोहल रसायन इथानोलको बेस राखिएको छ । यसमा अन्य रसायनसहित जडीबुटीको सङ्गम छ । लेमनग्रास, गुलाफ जल, भेनिला, जिनिपर, मेन्था, घिउकुमारीको रस लगायतका जडीबुटीको रसायन समावेश गरी एन्टिब्याक्टेरियल गुणमा बढोत्तरी गरिएको छ । “यी जडीबुटीको सुगन्धित तेलको मात्राले स्यानिटाइजरलाई जति बास्नादार बनाउँछ, उति नै भाइरसलाई हटाउने गुणको विकास गर्छ”, भण्डारीले थप्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले अल्कोहलयुक्त स्यानिटाइजरले बारम्बार हात धुनु भन्ने सन्देश दिइरहेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?