logo
२०८१ बैशाख २६ बुधवार



अघिअघि टेलिकम, पछिपछि एनसेल

मुख्य समाचार |


अघिअघि टेलिकम, पछिपछि एनसेल



विश्वास रेग्मी

काठमाडौँ, वैशाख ११ गते । कोरोना विषाणुको सङ्क्रमणबाट सतर्क रहन सन्देश प्रवाह होस् अथवा बन्दाबन्दीले घरभित्रै बस्न बाध्य भएको बेला नयाँनयाँ प्याक सुविधा उपलब्ध गराउन होस् देशका मुख्य दूरसञ्चार सेवा प्रदायक यतिबेला सक्रिय देखिन्छन् । कोरोनाका सम्भावित सङ्क्रमित पहिचान गर्न सर्वेक्षण गर्ने अहिलेसम्मकै नौलो प्रयोगको सुरुवात पनि सेवा प्रदायकले गरिसकेका छन् । संयोग भन्नुपर्छ, प्रतिस्पर्धी मुख्य दुई सेवा प्रदायकले बन्दाबन्दीयता सार्वजनिक गरेका प्रायः सबै सुविधा र सन्देश मिल्दाजुल्दा छन् ।
बन्दाबन्दीको समयमा सकेसम्म भावनात्मक रूपमा समेत जोडिने प्रयासमा देखिन्छन् सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेल । एक किसिमले यी दुई सेवा प्रदायकबीच आफ्ना ग्राहकसँग नौलो तरिकाबाट जोडिने अप्रत्यक्ष प्रतिस्पर्धासमेत देखिन्छ । त्यही प्रतिस्पर्धामा यसपटक भने टेलिकम अगाडि परेको छ ।
कुनै समय एनसेलले सार्वजनिक गर्ने डेटा अथवा भ्वाइस सुविधापछि मात्र बजार प्रवद्र्धनको रणनीतिमा जुट्न थाल्ने टेलिकम कोरोनाबारे सन्देश प्रवाह गर्ने अथवा नयाँ सेवा सार्वजनिक गर्ने काममा अहिले ‘लिडर’ बनेको छ । यस अर्थमा कि टेलिकमले पछिल्लो समय सार्वजनिक गरेका हरेक नयाँ सेवा र सन्देश एनसेलले करिब उस्तै ढङ्गबाट लगत्तै सार्वजनिक गर्दै आएको छ ।
टेलिकमले पहिलोपटक चैत ६ गते कोरोना सङ्क्रमणका लक्षणसहितको सीआरबीटी सन्देश दिन सुरु गर्यो । प्रयोगकर्ताले टेलिकमको अर्को नम्बरमा फोन गर्दा त्यस्तो सन्देश सुन्नसक्ने सुविधा थियो । एनसेलले त्यसको केही दिनपछि यस्तै किसिमको सन्देश आफ्ना प्रयोगकर्तालाई दिन सुरु ग¥यो ।
नेपाल दूरसञ्चार प्राधिकरणले रिचार्जमा शतप्रतिशत बोनस र ऋण सापटी उपलब्ध गराउन निर्देशन दिएको अर्को दिन टेलिकमले चैत ११ गते रातिदेखि १८ गतेसम्मका लागि यस्तो बोनस उपलब्ध गराउन थाल्यो । एनसेलले त्यसको अर्को दिन चैत १२ गते रिचार्जमा ५० प्रतिशत बोनस उपलब्ध गराउन सुरु ग¥यो ।
त्यसको अर्को दिन नै फेरि रिचार्जमा १२० प्रतिशतसम्म बोनस दिने घोषणा एनसेलले ग¥यो । प्राधिकरणको निर्देशनअनुसार टेलिकमले प्रयोगकर्तालाई सापटी सेवा भने उपलब्ध गराएन । एनसेलले बोनससँगै यस्तो सुविधा पनि उपलब्ध गरायो ।
कोरोनाबाट सम्भावित सङ्क्रमितको पहिचानमा सहयोगी हुनेगरी टेलिकमले वैशाख २ गतेदेखि सर्वेक्षण सुरु ग¥यो । कोरोनाको लक्षणअनुसार तयार गरिएका प्रश्नको प्रयोगकर्ताले उत्तर दिनुपर्ने व्यवस्था यसमा गरिएको थियो । एनसेलले वैशाख ४ गतेदेखि ठीक यस्तै सर्वेक्षण सुरु ग¥यो ।
यसमा एनसेलले सर्वेक्षणपछि कोरोनाको लक्षण र बच्ने उपायसहितको म्यासेज पठाउने नयाँ काम थप गरेको थियो । दुवै कम्पनीले कोभिड १९ विपद् व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहकार्यमा यस्तो सर्वेक्षण सुरु गरेका थिए ।
ब्यालेन्स सकिएर आफन्तसँग सम्पर्क गर्न नसकेका आफ्ना करिब दुई लाख प्रयोगकर्ताका लागि टेलिकमले शून्य ब्यालेन्समै फोन, डेटा र एसएमएस प्रयोग गर्नसक्ने सुविधा वैशाख ८ गतेदेखि सुरु ग¥यो । एनसेलले वैशाख ९ गते जिरो ब्यालेन्समा त्यस्तै किसिमको सुविधा ग्राहकलाई उपलब्ध गरायो । यसमा ग्राहकले पछि पैसा तिर्न सकिने विकल्प एनसेलले उपलब्ध गराएको थियो । यसबीचमा एनसेलले मोबाइलमा आफ्नो नेटवर्कको नाम देखाउने ठाउँमा प्रयोगकर्तालाई घरमै बस्ने आग्रहसहितको नयाँ प्रयोग पनि ग¥यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?