logo
२०८१ बैशाख १४ शुक्रवार



बन्दाबन्दीमा पनि भित्रियो विदेशी लगानी

मुख्य समाचार |


बन्दाबन्दीमा पनि भित्रियो विदेशी लगानी


विश्वास रेग्मी

काठमाडौँ, असार ४ गते । बन्दाबन्दीका कारण आर्थिक गतिविधि ठप्प रहेको र लगानीमा सङ्कुचन आएका बेला नेपालले करिब दुई अर्ब रुपियाँ प्रत्यक्ष विदेशी लगानी प्राप्त गरेको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको वैशाखसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा अवधिसम्म नेपालले १७ अर्ब ४२ करोड रुपियाँ विदेशी लगानी भिœयाएको छ । यसमध्ये करिब दुई अर्ब रुपियाँ चैत र वैशाखमा मात्र प्राप्त भएको तथ्याङ्कले देखाउँछ ।
केन्द्रीय बैङ्कको तथ्याङ्कअनुसार नेपालले गत फागुनसम्म १५ अर्ब ६१ करोड रुपियाँ विदेशी लगानी भिœयाएको थियो । लकडाउन सुरु भएको चैत महिनामा मात्रै ८७ करोड रुपियाँ विदेशी लगानी भित्रिएको थियो । त्यसपछि वैशाखमा मात्रै ९४ करोड रुपियाँ विदेशी लगानी प्राप्त भएको तथ्याङ्कले देखाएको छ । यस हिसाबले बन्दाबन्दीका दुई महिनामा मात्रै नेपालले एक अर्ब ८१ करोड रुपियाँ विदेशी लगानीबापत ल्याएको छ ।
अघिल्लो आर्थिक तुलनामा वैशाखसम्म प्राप्त विदेशी लगानी करिब आठ अर्ब रुपियाँले बढी हो । गत आवको वैशाखसम्म नेपालले नौ अर्ब ४७ करोड रुपियाँ प्राप्त गरेको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपालले वैशाख र जेठसमेत गरेर एक महिनाको अवधिमा मात्रै विदेशी र स्वदेशी गरी दुई अर्ब ७४ करोड ९० लाख रुपियाँ लगानी स्वीकृत गरिसकेको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा उद्योग विभागबाट विभिन्न ११ वटा उद्योगमा ९२ करोड ७० लाख रुपियाँ विदेशी लगानी स्वीकृत भएको छ ।
त्यस्तै चारवटा नयाँ उद्योगमा एक अर्ब ८२ करोड २० लाख रुपियाँ स्वदेशी लगानी स्वीकृत भएको मन्त्रालयले जनाएको छ । यसबीचमा सबैभन्दा बढी चीनबाट सातवटा उद्योगमा ७२ करोड ७० लाख रुपियाँ लगानी भित्रिएको मन्त्रालयले जानकारी दिएको छ । यसबाहेक भारत, दक्षिण कोरिया, नेदरल्यान्ड र मलेसियाबाट पाँच÷पाँच करोड रुपियाँ भि(ित्रएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?