चाँदनी हमाल
काठमाडौँ, असोज १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षणलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । जैविक विविधताको क्षेत्रमा नेपालले राम्रो प्रगति हासिल गरेकोसमेत उहाँले प्रस्ट पार्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७५औँ महासभाका क्रममा भएको जैविक विविधता शिखर सम्मेलनमा बुधबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जैविक विविधताको संरक्षण ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाको महìवपूर्ण आयामका रूपमा रहेको औँल्याउनुभयो । शिखर सम्मेलनमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा बहस भएको थियोे ।
जैविक विविधताका स्रोतहरू मानव जीवन धान्ने आधार भएको प्रधानमन्त्रीले स्पष्ट पार्नुुभयो । “यी स्रोतबाट स्वच्छ हावा, शुद्ध पानी, खाद्यान्न तथा जीविकोपार्जन, खनिज तथा औषधि उपलब्ध हुन्छ साथै मानव जीवन तथा अर्थतन्त्र चल्ने गर्दछ,” उहाँले भन्नुभयो । जैविक विविधताले पुस्तालाई जोड्नुका साथै यो राष्ट्रिय सीमारहित विषय रहेको उहाँको प्रस्टोक्ति थियो ।
प्रधानमन्त्री ओलीले प्रकृतिसँग सामञ्जस्यतामा जिउनु नेपाली संस्कृतिको अभिन्न भाग रहेको शिखर सम्मेलनमा जानकारी दिनुभयो । “जैविक विविधतासम्बन्धी अमूल्य ज्ञान हाम्रा प्राचीन ऋषिमुनि तथा सन्तहरूले पुस्तैनी रूपमा हस्तान्तरण गरेका छन् । यसको संरक्षणको महìवबारे सिकाएका छन्,” उहाँले जैविक विविधताको नेपाली सिकाइबारेमा ऐतिहासिक जानकारी गराउनुुभयो ।
प्रधानमन्त्री ओलीले नेपालको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्रका रूपमा रहेको जानकारी दिनुहुँदै जैविक विविधतासम्बन्धी महासन्धिको आइची लक्ष्य–११ हासिल गरिसकेको बताउनुभयो । यस लक्ष्यअनुसार जैविक विविधतायुक्त तथा संरक्षित क्षेत्रमा १७ प्रतिशत भौगर्भिक पानीको स्रोत पु¥याउनुपर्ने हुन्छ । बाँकी १० प्रतिशत आसपासका क्षेत्रमा जलस्रोत
पु¥याउनुपर्ने हुन्छ । सन् २०३० सम्ममा ३० प्रतिशत पु¥याउने नेपालको योजना रहेको उहाँले बताउनुभयो ।
भू–परिदृश्यस्तरीय संरक्षण र बसाइँ सर्ने प्रजाति सम्बन्धमा सीमा वारपार सहयोगका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि सफलताको उदाहरण मानिन्छ । सोही सफलता मानव र जङ्गली जनावरबीच हुने द्वन्द्व व्यवस्थापनमा सामुदायिक संलग्नतामा पनि देख्न सकिने भन्दै प्रधानमन्त्रीले उदाहरण दिनुभयो ।
नेपालमा जलविद्युत्बाट उपलब्ध हुने स्वच्छ ऊर्जाले जैविक विविधतामा पर्ने दबाबलाई कम गरेको उहाँको भनाइ छ । “कानुनको सबल कार्यान्वयन र अन्तर्राष्ट्रियस्तरमा सहयोग अभिवृद्धिको माध्यमबाट हामीले झन्डै एक दशकयता गैँडाको सिकारलाई शून्यमा सीमित गरेका छाँैं,” उहाँले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुुभयो । नेपालमा बाघको सङ्ख्या लक्षित वर्ष सन् २०२२ भन्दा अगावै झन्डै दोब्बर हुँदै गरेको खुसी उहाँले शिखर सम्मेलनमा साट्नुभयो । नेपालको पर्वतीय पारिस्थितिक प्रणाली एउटा विशिष्ट प्रयोगशाला नै भएको उहाँको भनाइ छ । खोजकर्ता, सोधकर्ता तथा वैज्ञानिकका लागि यो ज्ञानको वास्तविक स्रोत भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
मानव मात्रको हितका लागि पर्वतीय पारिस्थितिक प्रणाली महìवपूर्ण साझा निधिका रूपमा रहेको र यसको लाभ नेपालको सीमापारिसम्म पुगेको जनाऊ उहाँले दिनुभयो । आगामी पुस्ताको भविष्यसँग सम्झौता गर्ने अधिकार कसैलाई नरहेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले पृथ्वीलाई भोलिका लागि अझ बस्नयोग्य बनाउनुपर्नेमा जोड दिनुभयो । “म आग्रह गर्न चाहन्छु, हामी सबै एक भई उभिऔँ र यो सुन्दर धर्तीलाई आउँदा पुस्ताका लागि बचाइराखौँ,” उहाँले बताउनुभयो ।
उहाँले आवश्यक राजनीतिक इच्छाशक्ति जागृत गरेर विचार तथा नवप्रवर्तनको प्रवद्र्धन अहिलेको आवश्यकता रहेको औँल्याउनुहुँदै जैविक विविधता संरक्षणका लागि दृढताका साथ कार्य गर्न आग्रह गर्नुभयो । जैविक विविधता संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै सरोकारवालाको प्रतिबद्धता र कार्यान्वयन आवश्यक हुने प्रधानमन्त्रीले औँल्याउनुभयो । मानिसको स्रोतमाथिको अधिकार तथा प्राकृतिक स्रोतको दिगो संरक्षणबीच समुचित सन्तुलन कायम गर्दै अझ महìवाकाङ्क्षी लक्ष्य निर्धारण गर्नपर्नेमा उहाँले जोड दिनुभयो ।
जैविक विविधता संरक्षणका लागि दिगो लगानी सुनिश्चित गर्नुपर्ने आवश्यक रहेको बताउनुहुँदै उहाँले जलवायुसम्बन्धी प्रतिकार्य अविलम्ब कार्यन्वयन गर्नु सबैको नैतिक दायित्व रहेको स्पष्ट पार्नुभयो । अन्तर्राष्ट्रियस्तरमा सहमति भएका विकासका खाकाहरू र वातावरणसम्बन्धी बहुपक्षीय सम्झौताहरूअन्तर्गत गरिने प्रयासबीच सामञ्जस्यता कायम गर्न जरुरी रहेको उहाँको निष्कर्ष छ ।