logo
२०८१ जेष्ठ २ बुधवार

   देशभर भदौरे झरी  



तीनको मृत्यु, करिब पाँच हजार घर डुबानमा

९० हजारभन्दा बढी प्रभावित पीडितलाई ५० हजार सहयोग

मुख्य समाचार |


तीनको मृत्यु, करिब पाँच हजार घर डुबानमा


चाँदनी हमाल

काठमाडौँ, भदौ १४ गते । भदौरे झरीका कारण पछिल्ला तीन दिनमा नौ जनाको मृत्यु भएको छ । मनसुनी विपत्बाट देशभर करिब चार हजार पाँच सय घर डुबानमा परेको र ९० हजारभन्दा बढी जनसङ्ख्या प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले निरन्तरको वर्षात्ले सप्तकोसीको बहाव बढेर खतराको बिन्दुमा पुगेको जानकारी आएपछि उदयपुर र सप्तरीका सुरक्षा अधिकारीहरूसँग त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ । मन्त्री खाँणले आइतबार साँझ उदयपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीराम सेढाईं, नेपाल प्रहरीका उपरीक्षक र सशस्त्र प्रहरीका उपरीक्षक तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसँग टेलिफोन संवाद गरेर कोसी नदीको कटान र बहावबारे जानकारी लिनुभएको हो । उहाँले नागरिकलाई सुरक्षित स्थानमा अस्थायी बासस्थान बनाएर भए पनि लैजान निर्देशन दिनुभयो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन दिनमा नौ जनाको मृत्यु, चार जना बेपत्ता र पाँच जना घाइते भएका छन् । बाढीपहिरो र डुबानबाट ४२ घर पूर्ण क्षति हुनुका साथै ७५६ जनालाई सुरक्षित आश्रय स्थलमा सारिएको छ।

गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङका अनुसार देशका विभिन्न भागमा जारी वर्षाले धनजनको ठूलो नोक्सानी पु¥याएको छ । घर भत्किएर काभ्रे, सुर्खेत र पाल्पा गरी आइतबार तीन जनाको मृत्यु भएको छ, अन्य दुई जना घाइते भएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार भदौ १५ गतेसम्म वर्षाको सम्भावना रहेको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका पहाडी र समथर भूभागका दर्जनभन्दा बढी सडक अवरुद्ध छन् । तराईका विभिन्न जिल्ला डुबानमा परेका छन् । यस पटक तराईको जनजीवन बढी प्रभावित बनेको छ ।
नवलपरासी पूर्व, कैलाली, काभ्रे, सिन्धुपाल्चोक, दार्चुला, बझाङ, सुर्खेत र उदयपुरका विभिन्न स्थानमा पहिरो गएको छ । तराई भएर बग्ने ठूला नदीहरू सप्तकोसी र नारायणीले सतर्कताको तह पार गरेपछि उच्च जोखिम बढाएको छ । रौतहट, सर्लाही, सिरहा, धनुषा, बाँके, कैलाली, दाङ, रुपन्देही, झापालगायतका जिल्लामा डुबानले समस्या पारेको छ ।
यता रुपन्देहीमा पनि बाढीको प्रकोप उच्च छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार बिहीबारदेखि यता बाढी र वर्षे पानीले ९५० घर डुबानमा परेका छन् । विभिन्न स्थानका ३६ वटा घरमा पूर्ण क्षति भएको छ । हालसम्म बाढीले तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् ।
नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बाढीपहिरो र डुबानको तीनथरि विपत् कारण स्थानीयवासीले सास्ती खेप्नु परेको बताउनुभयो । उहाँका अनुसार नदीमा बाढी र पहाडमा पहिरोले सुरक्षा जोखिम बढाएको छ । हुप्सेकोटको विभिन्न बस्ती पहिरोले थिलथिलो बनाएको छ । सोही स्थानको तल्लो गाउँमा पहिरोको जोखिम बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।
शुक्रबार पहिरोले तीन जनाको ज्यान गएको थियो । डेढगाउँमा दुई स्थानमा, बाणथर र रुचाङमा पनि पहिरोको जोखिम बढेपछि स्थानीयवासी विस्थापित भएका छन् । देवचुलीमा बाढीले क्षति पु¥याएको छ । कावासोती–४ मा पनि पहिरोले घर पुर्न थालेपछि स्थानीयवासीलाई अन्यत्र सारिएको छ । डुबानले अस्तव्यस्त सडक शनिबार रातिदेखि खुले पनि आइतबार डाइभर्सनबाटै खोला पसेपछि पुनः सडक अवरुद्ध भएको प्रजिअ पङ्गेनीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?