logo
२०८१ बैशाख ११ मंगलवार



फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि

मुख्य समाचार |


फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि


काठमाडौँ, चैत ३० गते । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सुरू गरेको छ ।घरघरबाट निस्कने फोहोरलाई प्रदूषण रहित रुपमा व्यवस्थापन गर्न नगरपालिकाले गर्न जापानी प्रविधिको इन्सिनरेटर मेसिन जडान गरी सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाको आर्थिक सहयोग र हिटा हेभी मेसिनरी एन्ड रिसाइकलप्रालिको व्यवस्थापनमा घरघरबाट निस्कने फोहोरलाई धुँवारहित रूपमा जलाउने कार्य सुरू गरिएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ ।नगरपालिका प्रमुख सन्तोष चालिसेले यसरी फोहोर व्यवस्थापनगर्ने गोकर्णेश्वर नगरपालिका नेपालमै पहिलो नगरपालिका भएको दाबी गर्नु भयो।उहाँले भन्नुभयो,“इन्सिनरेटर मेसिन पू्र्णरूपमा सञ्चालनमाआउने क्रममा छ । यस्तै, तीनवटा मेसिन नगरपालिकाका विभिन्न स्थानमा राख्ने हो भने सिङ्गो नगरपालिकालाई फोहोर व्यवस्थापनको कुनै चुनौती हुँदैन ।”

उहाँकाअनुसार गोकर्णेश्वर नगरपालिका वडा नं. ६ को मा बस्ती रहित स्थानमा उक्त मेसिन राखिएको छ ।नगरपालिकाले दुई वर्षअघि जापानबाट पाँच करोड रूपियाँको लागतमा उक्त मेसिन खरिद गरेको हो । जापानका हरेक सहरमा यस्तै प्रविधिबाट फोहोरको व्यवस्थापनगर्ने गरिएको पाइएकाले नेपालका लागि पनि यस्तो प्रविधि उपयुक्त हुने लागेर मेसिन ल्याइएको प्रमुख चालिसेले बताउनुभयो ।

यस प्रविधिमा घरहरूबाट निस्कने आगोमा बल्ने सबै प्रकारका फोहोरलाई एकीकृत गरी नगरपालिकाले प्रदान गरेको झोलामा फोहोर हाल्न लगाइन्छ। त्यस्ता फोहोरलाई नगरपालिकाको गाडीले घरघरमा पुगेर सङ्कलनगर्छ । गाडीले मेसिन  सम्म पु-याएको झोला सहितको फोहोरलाई मेसिनमा हालेर फोहोरलाई धुँवारहित रुपमा जलाउने गरिन्छ ।

हिटा हेभी मेसिनरी एन्ड रिसाइकल प्रालिका व्यवस्थापक दर्शन पुडासैनीले आगोले जलाउने सबै प्रकारका फोहोरलाई मेसिनले धुँवारहित रूपमा जलाउने बताउनुभयो ।उहाँकाअनुसार मेसिनले ९६० डिग्रीको तापक्रममा धुँवारहित रुपमा फोहोर जलाउँछ। मेसिनले फोहोरबाट निस्केको धुँवालाई मेसिन भित्रै फिल्टर गरेर धुँवा शुद्धीकरण गरी वाफको रुपमा बाहिर फाल्छ ।

एक सय किलो फोहोर जलाउँदा एक किलो मात्र खरानी  निस्कने र उक्त खरानीलाई बालुवा र सिमेन्ट मिसाएर ईटा बनाउन सकिने पुडासैनीले बताउनुभयो । उहाँका अनुसार त्यसरी बनाइएका इँटा सडकमा बिच्छ्उँदा ढलानभन्दा पनि बलियो हुन्छ । त्यस्तै, फोहोर जलाएर निस्किएको वाफव्यक्तिले प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।त्यस्तो वाफ सङ्कलनगर्ने बेग्लै प्रविधि आवश्यक हुन्छ । त्यो भने ल्याइएको छैन ।

उक्त मेसिनबाट डेढ इन्चको पाइपमा तातोपानी आउने उक्त तातोपानी स्विमिङ पुलमा र फर्निचर उद्योगमा काठलाई सिजनिङ गर्न सकिने पुडासैनीले बताउनुभयो ।उहाँले भन्नुभयो,“मेसिनले दैनिक २५ टन कुहिने र नकुहिने दुवै प्रकारको फोहोर जलाएर खरानी बनाउँछ। मेसिनले फोहोरलाई सुकाएर जलाउने काम गर्छ । फोहोर जलाउँदा वातावरणलाई भने कुनै असर पर्दैन।”

गोकर्णेश्वर नगरपालिका प्रमुख प्रकासकीय अधिकृत वैकुण्ठ सापकोटाले फोहोर व्यवस्थापन चुनौती बनिरहेका हरेक सहरमा यो प्रविधिको मेसिनले प्रदूषणरहित रूपमा फोहोरको व्यवस्थापनगर्न सकिने बताउनुभयो । अहिले नगरपालिकाले परीक्षणको रूपमा फोहोर जलाउने कार्य गरेको र प्रारम्भिक परीक्षण प्रभावकारी भएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?