निजगढ विमानस्थल: सेनाद्वारा रुख काट्न ढिलाइ
गोरखापत्र अनलाइन ,
कार्तिक १८, २०७६ सोमबार
राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाइएको छ । दुई दशकअघि मुलुककै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा प्रस्तावित उक्त विमानस्थलको निर्माणका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढिसकेको छ ।