गोरखापत्र अनलाइन
कठमाडौ, जेठ २० गते । काठमाडौंको टेकुस्थित फोहाेर सङ्कलन केन्द्रमा आगलागी भएको छ । काठमाडौ महानगरपालिकाको वातावरण विभाग अन्तर्गतको सो अस्थायी डम्पिङ साइटमा फोहोर जलाउने क्रममा आगो लागेको अनुमान गरिएको छ ।
तीनवटा दमक तथा प्रहरीको सहयोगमा नियन्त्रणमा आएको छ । आगो नियन्त्रण भई दमकल फर्किएको भए पनि क्षतिको विवरण नआइपुगको काठमाडौ दमकल कार्यालयले जनाएको छ ।
तस्बिर – सुजन गुरूङ्ग