logo
२०८१ बैशाख १२ बुधवार

  लुम्बिनी प्रदेश राजनीतिक संकट  



अदालतको फैसला अनुसार अघि बढ्ने एमालेको निर्णय

प्रदेश |


अदालतको फैसला अनुसार अघि बढ्ने एमालेको निर्णय


छवि पाण्डे 
बुटवल, साउन २७ गते । नेकपा एमाले लुम्विनी प्रदेश संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसला अनुसार अघि बढ्ने निर्णय गरेको छ ।
विपक्षी गठबन्धनले प्रदेश सभामा दर्ता गरेको अविश्वास प्रस्ताव विरुद्ध एमालेका तर्फबाट प्रदेश सांसद लिला गिरीले सर्वोच्च अदालतमा सोमवार मुद्दा दर्ता गराउनु भएको थियो ।
उक्त मुद्दामा आज सुनुवाई हुने र सम्मानित अदालतको आदेश अनुसार अघि बढ्ने दलको बैठकले निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक योजना मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।
मन्त्री चौधरीले बुधवार बिहान मन्त्रिपरिषदको बैठक बसेको तर अविश्वासको प्रस्तावमा नभई पुरानै एजेण्डामा छलफल गरी विभिन्न निर्णय गरेको जानकारी दिनुभयो ।
मन्त्री चौधरीले आजै अदालतबाट फैसला आउने अपेक्षा गरिएको बताउँदै सम्मानित अदालतको निर्णयको प्रतिक्षा गछौं भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?