logo
२०८१ बैशाख ८ शनिवार

  लुम्बिनी प्रदेश राजनीतिक संकट  



एमाले संसदीय दलको बैठक शुरु, मुख्यमन्त्रीले राजीनामा दिन सक्ने

प्रदेश |


एमाले संसदीय दलको बैठक शुरु, मुख्यमन्त्रीले राजीनामा दिन सक्ने


छवि पाण्डे ।
बुटबल, साउन २७ गते । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बुधवार बिहान मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवास बुटवलमा सुरू भएको छ ।
लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले सरकारविरुद्ध संसदमा दर्ता गरेको अविश्वास प्रस्तावको सामना गर्ने वा अरु कुनै विकल्पको प्रयोग गर्ने लगायतका विषयमा रणनीति बनाउन दलको बैठक सुरू भएको हो ।
संसदमा विपक्षी गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका गरी ४१ सांसद छन ।
उता नेकपा एमालेमा मात्रै ३८ सांसद छन । प्रदेश सभामा विपक्षी गठबन्धनको बहुमत देखिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले अविश्वास प्रस्तावको सामना नगरी राजीनामा दिने सम्भावना रहेको स्राेतले बताएको छ ।
प्रदेश सभाको बैठक बुधवार दिउँसो १ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा अविश्वास प्रस्तावमाथि छलफल हुने र आजै मतदान प्रक्रियामार्फत सरकार हटाउने रणनीति विपक्षी गठबन्धनको छ ।
यता मङ्गलबार अवेर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका जसपा सांसद सन्तोषकुमार पाण्डेले समेत मन्त्रीबाट राजीनामा दिएपछि मुख्यमन्त्री पोखरेललाई थप अप्ठेरो परेको बुझिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?