logo
२०८१ बैशाख २६ बुधवार



लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनसम्बन्धी रिटकाे सुनुवाइ आठाैं नम्बरमा

प्रदेश |


लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनसम्बन्धी रिटकाे सुनुवाइ आठाैं नम्बरमा


काठमाडौं, साउन २७ गते । सर्वोच्च अदालतमा लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।

बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले दायर गरेको रिट निवेदनमा सुनुवाइका लागि तोकिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताउनुभयो ।

सो रिट मङ्गलबार ‘हेर्न नभ्याइने’मा राखिएको थियो । आज न्यायाधीश भट्टराईको इजलासमा सो रिट आठौँ नम्बरमा राखिएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार दिउँसो १ बजे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक बस्दै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?