logo
२०८१ जेष्ठ ४ शुक्रवार



देउवालाई विमलेन्द्र निधिकाे पनि समर्थन

पढ्नै पर्ने |
मुख्य समाचार |


देउवालाई  विमलेन्द्र निधिकाे पनि समर्थन


काठमाडाैं, मड्सिर २८ गते । नेपाली काँग्रेस सभापति पदको दोस्रो चरणको मतदानमा नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने हुनुभएको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवालाई निधिले पनि समर्थन गर्ने जानकारी दिनुभयो ।

पहिलो चरणमा निधि पनि सभापति पदका उम्मेदवार हुनुहुन्थ्यो । पहिलो चरणमा देउवाले सबैभन्दा बढी २२५८ मत ल्याउनुभए पनि देउवाले ५० प्रतिशत मत कटाउन भने सक्नुभएन ।  अर्का सभापति पदका उम्मेरदवार शेखर कोइरालाले देउवापछि धेरै मत ल्याउनुभएकाे थियो । देउवा र कोइरालाबीच आज अपराह्न साढे ३ बजे सभापति पदमा फेरि निर्वाचन हुनेभएको छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?