logo
२०८१ बैशाख २० बिहीवार

आहा ! क्या सुन्दर रारा (फाेटाे फिचर)

पढ्नै पर्ने |
खुला |
फोटो फिचर |
प्रदेश |


2022-03-03-59075


काठमाडौं, फागुन १९ गते । कर्णाली प्रदेशकै गहनाको रूपमा रहेको सुन्दर ताल हो रारा। यो नेपालको सबैभन्दा ठूलो ताल हो । जैविक विविधताको हिसाबलेसमेत ताल महत्वपूर्ण मानिन्छ । नेपाल सरकारले घोषणा गरेका मुख्य सय वटा पर्यटकीय स्थलमा रारा समेटिएको छ। कर्णाली प्रदेशले घोषणा गरेका मुख्य १० पर्यटकीय स्थलमा रारा परेको छ।

रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित छ। ताल कोणधारी वनजङ्गलले घेरिएको छ। उच्च हिमाली भूभागमा रहेको ताल क्षेत्रमा पुग्ने सबैले यसको प्रशंसा गर्ने गरेका छन्। रारा तालको कञ्चन पानी नै सबैको आकर्षण बन्ने गर्छ।

तस्बिर साैजन्य : निहितप्रकाश कँडेल/प्रतीक्षा बानियाँ