logo
२०८१ बैशाख १८ मंगलवार

सरस्वती पूजा कार्यक्रम (फोटोफिचर)

राष्ट्रिय |
समाज |
फोटो फिचर |


2022-02-06-57085
तस्बिरः केशब गुरुङ्ग


काठमाडौं, माघ २३ गते । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आइतबार गरिएको छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक र कविलगायतले सरस्वती, किताब, कपी, कलम, वाद्य यन्त्रलगायत साधनको पूजा गरिएको छ ।

आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । यसै अवसरमा विद्यालय तहमा पनि सरस्वती पूजा आराधना गरिएको छ ।

सरस्वती पूजाका अवसरमा लाजिम्पाटको नील सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता नछोई निलेमा विद्या र वुद्धि वृद्धि भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

कोरोना महामारीका कारण अघिल्लो वर्षमा झैं यस वर्ष पनि काठमाडौू, मैतीदेवी, नील सरस्वतीस्थान लगायतमा आराधना गर्नेको सङ्ख्या पातलिएको छ ।