logo
२०८१ बैशाख २१ शुक्रवार

ठूला ढुङ्गा फेला परेकाले फुटाउन समस्या (फाेटाे फिचर)

राष्ट्रिय |
फोटो फिचर |


2022-02-12-57543
तस्बिर : देबीरमन अधिकारी


काठमाडौं, माघ २९ गते । मेलम्ची खानेपानी आयोजनाले चैत्र अन्तिम सातासम्म उपत्यकामा अस्थायी रुपमा पानी ल्याउने तयारीका साथ काम गरिरहेको छ । गत असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडबक्समा क्षति पुर्याउनुका साथै सुरुङमा पनि क्षति पुर्याएको थियो ।

अहिले मेलम्ची नदीको मुहान सफाइको काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभएको छ । अहिले सरसफाइका क्रममा ठूला ढुङ्गा फेला परेकाले काममा बाधा सिर्जना भएको उहाँको भनाइ छ । १० दिनसम्म १२ वटा डोजर र २२ वटा ट्रिपरले काम गर्दासम्म हेडबक्स फेला नपरेको उहाँले बताउनुभयो । ‘ठूला ढुङ्गाहरु आएकाले काम गर्न केही कठिनाइ भएको छ । हेडबक्स फेला पार्न नै समस्या भइरहेको छ,’ उहाँले भन्नुभयो ।

ठूला ढुङ्गाहरु फेला परेकाले फुटाउनलाई अहिले ब्रेकर प्रयोग भइरहेको तर, ब्रेकरले नसकेपछि विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाउने योजना रहेको पन्तले बताउनुभयो । पुनर्निर्माणको जिम्मा पाएको चीनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई विस्फोटक पदार्थ व्यवस्थापन गर्न आग्रह गरिएको उहाँको भनाइ छ । तर उक्त कम्पनीले व्यवस्थापन गर्न नसके नेपाली सेनासँग विस्फोटक पदार्थ माग गरेर ढुङ्गा फुटाउने पन्त बताउनुहुन्छ ।