मनोजरत्न शाही/केशब गुरुङ
काठमाडौं, चैत २८ गते । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको तेश्रो दिन जात्रा आज सम्पन्न भएको छ ।
तेश्रो दिन लगन टोलमा रथलाई पुर्याई एक परिक्रमा गराई सोमबारको रथ यात्रा भोलिसम्मको लागि रोकिएको छ भने भोलि अर्को दुई परिक्रमा गराई यस वर्षको रथ यात्रा समापन हुने छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट सुरु हुन्छ ।
रथयात्रा अगाडि काठमाडौं इन्द्रचोकमा रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर दरबारमार्गमा पुर्याइएको थियो । यसरी लगिएको मूर्तिलाई खटमा राखेर रथयात्रा सुरु हुँदै आएको छ ।
रथलाई दरबारमार्गको तीनधारा पाठशालाबाट तानेर असनमा पुर्याइएको छ । रथलाई सहरको भित्री भागमा तीन दिनसम्म घुमाउने गरिन्छ । सेतो मच्छिन्द्रनाथको रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छिन्द्रबहाल लगेर अन्त्य गर्ने चलन छ । यो यात्रा भएपछि वर्षा र सह हुने धार्मिक विश्वास रहेको छ।
![](https://beta.gorkhapatraonline.com/news_gallery/625443a300e6a_1_(9).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625443a305004_1_(10).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625443a306a34_1_(11).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625443a3083e2_1_(12).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625443a309bd2_1_(14).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625443a30b37a_1_(15).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625443a30cb98_1_(16).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625443a30e1ca_1_(17).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625443a2e615f_1_(3).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625443a2e964e_1_(4).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625443a2eb7d1_1_(5).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625443a2ede2a_1_(6).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625443a2ef747_1_(7).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625443a2f0d87_1_(8).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625443a140ee2_1_(1).jpg)