नयाँ अधिकृतको विज्ञापनप्रति समायोजितको आपत्ति
गोरखापत्र अनलाइन ,
पुष ४, २०७६ शुक्रबार
देश र स्थानीय तहमा समायोजन भएका चार सय शाखा अधिकृतहरूले लोक सेवा आयोगले हालै खोलेको ५६० शाखा अधिकृतको पदप्रति आपत्ति जनाएका छन् । सङ्घमा दरबन्दी खाली हुँदाहुँदै शाखा अधिकृतले प्रदेश र स्थानीय तहमा जबर्जस्ती समायोजन गरिएको भन्दै उहाँहरूले सरकारसमक्ष आपत्ति जनाएका हुन् ।