मापदण्ड पालना नगर्ने उद्योग र अस्पताल कारवाहीमा
रासस
भाद्र १३, २०७६ शुक्रबार
वन तथा वातावरण मन्त्रालयले कानूनअनुसारको मापदण्ड पालना नगर्ने र प्रदूषण गर्ने दुई दर्जन बढी उद्योग र अस्पताललाई दण्ड जरिवाना गरेको छ ।
मन्त्रालयअन्तर्गतको वातावरण विभागले अनुगमनका क्रममा वातावरण संरक्षण ऐन पालना नभएको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति नगराई वा सो विपरीत सञ्चालन गरिएका उद्योग र अस्पताललाई कारवाहीका लागि सिफारिश गरेको थियो ।