बेहाल चाबहिल–जोरपाटी–साँखु सडक, स्थानीय र यात्रु मर्कामा
गोरखापत्र अनलाइन ,
भाद्र ८, २०७६ आईतवार
सडकको उपलब्ध चौडाइमा कालोपत्र गर्नु भनी सरकारले निर्णय गरेको लामो समयसम्म पनि चाबहिल–जोरपाटी–वाग्मती–साँखु सडक अलपत्र छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले केन्द्रविन्दुबाट ११/११ मिटर बढाएर कालोपत्र गर्ने गरी विसं २०७२ ठेक्का सम्झौता गरेको थियो ।