logo
२०८१ बैशाख २२ शनिवार



ललितपुरका ढुुङ्गेधारामा अब बाह्रैमास पानी !

खुला |


ललितपुरका ढुुङ्गेधारामा अब बाह्रैमास पानी !


नारद गौतम

ललितपुर, भदौ १० गते । ललितपुर महानगरपालिकाले महानगरको गौरवशाली योजनाअन्तर्गत ढुङ्गेधारामा सधैंँ पानी झरिरहेको बनाउने महìवाकाङ्क्षी योजना अगाडि बढाएको छ । ललितपुरको प्राचीन जीवन्तता, शैली, कला तथा परम्परा झल्किने ढुङ्गेधाराबाट पानी भर्ने अवसर पाउने गरी ढुङ्गेधाराको विकास गर्ने योजना महानगरले बनाएको हो ।
ललितपुरको वडा नं. ६ मा रहेको सुन्धारा, वडा १७ को सिन्चा हिटी र मनीमण्डप हिटी हिउँदमा सुक्छन् । ढुङ्गेधारा संरक्षण अभियानअन्तर्गत महानगरले अब यी तीनवटा धारामा निरन्तर पानी आउने बनाउनका लागि निर्माण कार्य सुरु गरेको छ । अब आउने हिउँदमा काम सकेर ढुङ्गेधारामा निरन्तर पानी झरिरहने गरी काम अगाडि बढेको जानकारी महानगरले दिएको छ ।
यी तीन ढुङ्गेधाराको मुहान संरक्षण भएपछि ती धारामा सधँै पानी झार्ने योजना रहेको छ । वडा नं. १५ स्थित नाøख्योमा रहेको मुहान संंरक्षण गर्दै त्यहाँ पोखरी निर्माणको काम सुरु भएको छ । ललितपुरले यस योजनाका लागि करिब ७० करोड रुपियाँ विनियोजन गरेको छ । चरणबद्ध छलफल र अध्ययनपछि यो योजना अगाडि बढेको हो ।
महानगरका प्रमुख चिरिबाबु महर्जनले पहिलो चरणको योजनाअन्तर्गत ऐतिहासिक महìव राख्ने ढुङ्गेधाराबाट सधैँ पानी झरिरहोस् भनेर काम थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, पहिलो चरणअन्तर्गत तीनवटा ढुङ्गेधारामा पानी ल्याउन काम सुरु गरेका हौंँ, बाँकी आठवटामा दोस्रो चरणमा
काम थाल्छौँं ।
प्रमुख महर्जनले यी धारामा चौबिसै घण्टा पानी आएपछि दोस्रो चरणको काम सुरु गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, सहरी सौन्दर्यअन्तर्गत मृततुल्य यी ढुङ्गेधारामा पानी झारेर सहरलाई सुन्दर बनाउन, यहाँको प्राचीन कला, संस्कृति र ऐतिहासिक पक्षको संरक्षण गर्ने उद्देश्यले यो काम थालेका हौंँ ।
ढुङ्गेधारा दुर्लभ सम्पत्ति र राष्ट्रिय सम्पत्ति हुन््, यसको संरक्षण महìवपूर्ण कार्य हो, यो त्यति सजिलो छैन भन्दै प्रमुख महर्जनले भन्नुभयो, हामीले ध्यान नदिँदा धेरै यस्ता सम्पदा मासिएका छन्, अब पनि बेवास्ता गर्ने हो भने नातिनातिनालाई दिने सम्पत्ति हुँदैन । त्यसैले हाम्रा अग्रजले प्राचीनकालदेखि निर्माण गरेर छाडेका ढुङ्गेधाराको कलात्मक तथा सांस्कृतिक पाटोको संरक्षण गरिनु जरुरी छ ।
ललितपुरका ढुङ्गेधारामा अञ्जुली थापेर पानी पिउने, नुहाउने तथा लुगा धोएको अनुभव धेरैलाई भए पनि बढ्दो सहरीकरण र जमिनमुनिको पानी जथाभावी दोहनले अधिकांश ढुङ्गेधारा हिउँद लागेपछि सुक्ने गर्छन् । कतिपयमा त वर्षाको समयमै पानी झर्न छाडेका छन् ।
ढुङ्गेधारा संरक्षणका अभियन्ता प्रयागलाल जोशीले महानगरको अनुरोधमा गरेको अध्ययनको आधारमा तयार पारिएको प्रतिवेदनअनुसार यी तीनवटा ढुङ्गेधारामा काम थालिएको हो । प्रतिवेदनले यी तीनसहित अन्य आठ ढुङ्गेधारामा पानी झार्न सकिने औँल्याएको छ । उहाँले ढुङ्गेधाराको मुहान मासिएको र संरक्षण नभएकाले पानी आउन छोडेको बताउनुभयो ।
जोशीले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमा ललितपुर महानगरभित्र रहेका ११ वटा ढुङ्गेधारामा पानी ल्याउन सकिन्छ । उपभोक्ता समितिका अध्यक्ष डा. हरिशरण चख्खुले बन्दाबन्दीका कारण फागुनमा सुरु हुनुपर्ने काम मध्यअसारबाट मात्रै सुरु भएको
जानकारी दिनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?