logo
२०८१ बैशाख १५ शनिवार

गीत गाइरहेको ट्राफिक प्रहरीलाई बाटाे नसोध्नुहोस्, बोल्दैनन्...

खुला |
फोटो फिचर |


2020-11-07-26153
तस्बिर सुजन गुरूङ्ग 


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २२ गते । शहरको कुनै व्यस्त चोकमा ट्राफिक प्रहरीको पोशाकमा कसैले गीत गाइरहेको देखेर तपाईँ बाटो वा अन्य कुनै ठेगाना सोध्न जानुभयो भने तपाईंले जवाफ नपाउन सक्नुहुन्छ । नरिसाउनुहाेस् यी डमी ट्राफिक प्रहरी हुन् । सक्कली ट्राफिक प्रहरीले तपाइँलाइ सहयाेग गर्नेछन् । 
अहिले ट्राफिक नियमबारे जनचेतना जगाउन माइक समातेका डमी प्रहरीले स्पिकरमा रेकड गरिएका गीत बजाउन थालिएको छ । आज राजधानीमा प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानको शुभारम्भ गरियो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज एक कार्यक्रमबीच ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानको शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानमा सहयोग गर्नुहुने वरिष्ठ कलाकारहरु, कलाकार र समाजसेवीहरूलाई सम्मान गर्नुहुदै उहाले ट्राफिक नियम उलंघन गर्ने कारण पहिचान गरी त्यसको स्थायी समाधान खोज्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा वरिष्ठ कलाकारहरु मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्देशक तथा कलाकार दीपाश्री निरौला, कलाकार जितु नेपाल र काठमाडौ महानगरपालिकाका शहरी सुव्यवस्थापन विभागका प्रमुख, हरिबहादुर कुँवरले आ(आफ्ना मन्तव्य राख्नुभएको थियो ।
काठमाडौ महानगरपालिकाको सहकार्यमा उपत्यकाका विभिन्न चोकहरुमा डमी ट्राफिक प्रहरीको प्रयोग गरी ट्राफिक नियम पालना गराउन, नागरिकलाई सचेत गराउन र सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले यो कार्यको सुरुवात गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताउनुभएको छ ।
कार्यक्रममा सामाजिक अभियन्ता एवं समाजसेवी, याङजोङ शेर्पा, राधा पोखरेल, पत्रकार लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो । कार्याक्रम ट्राफिक प्रहरीले ट्राफिक सचेतनासम्बन्धी नृत्य प्रस्तुत गरेका थिए । ट्राफिक सचेतना अभिवृद्धि गर्ने उदेश्यले उपत्यकाका विभिन्न स्थानमा डमी ट्राफिक प्रहरी राखिएको छ ।

तस्बिर सुजन गुरूङ्ग