logo
२०८० चैत्र १६ शुक्रवार

मृतक नौमध्ये आठ जनाको शव निकालियो (घाइतेको नामावली सहित)

खुला |
फोटो फिचर |


2020-11-13-26474


गोकर्ण दयाल
बैतडी, कात्तिक २८ गते । बैतडी र दार्चुलाको सीमाना गन्नाबाट महेन्द्रनगर जाँदै गरेको बस बिहीबार राति खोड्पेमा दुर्घटना हुँदा मृत्यु भएका नौ जनामध्ये आठ जनाको शव निकाल्न सकिए पनि एकजना बसमुनि च्यापिएकोले अझै निकाल्न नसकिएको प्रहरीले जनाएको छ । त्यस्तै ३४ जना घाईतेको उद्धार गरेर रातभरिमा उपचारका लागि डडेल्धुरा पठाइएको छ ।
गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको बस बिहीबार राति १०ः २५ बजे बैतडीको पाटन नगरपालिका–८, खोड्पे बजार नजिक दुर्घटनामा परेको हो ।
बस सडकबाट छसय मिटर तल भीरमा खसेको छ । बस टुक्रा टुक्रा भएकाे छ। बसमा करिब ५०जना सवार थिए । अहिलेसम्म जम्मा ४३ जनाको मात्र विवरण प्राप्त भएको छ । घाईतेहरुको राति नै उद्धार गरेर उपचारका लागि डडेल्धुरा अस्पताल पठाईएको छ । मृतकहरुको सनाखतहुन सकेको छैन । घाईतेहरुको नामावली भने खुलेको छ ।
दुर्घटनामा दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र काठमाडौंका रहेका छन् । घाईते हुनेमा वीरबहादुर कार्की, बिमला कुँवर, नितेश कुँवर, दिपाचन्द, बिमला बडु, अशोक जोशी, जनक धानुक, धनसिंह खत्री, जानकी सिंह, लोकेन्द्र बोहरा, अमृत कुमाल, दिनेश चौधरी, विशालधर्तीमगर, कर्णबहादुर बिष्ट, अस्मिता बिष्ट, नरेश पन्त, बलदेवसिंह कार्की, यज्ञराज कठायत, नरेन्द्र साउद, वीरेन्द्र चौधरी, लोकेन्द्र बस्नेत, सुरज लोहार, दशरथ गिरी, नरमादेवी धामी, अमृत विक, पुरन टमटा, अजीलामा, कल्पना कार्की, कौशल साउद, वेदप्रकाश धामी, रमेश खत्री र सिम्रन सिंह रहन भएको छ ।
उद्धारमा खोड्पे प्रहरी चौकी र स्थानीय व्यापारी खटिएका थिए । घाईतेको उद्धार गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारी आफै खटिनुभएको थियो ।
उद्धारमा खोड्पे बजारका स्थानीय व्यपारी समेत खटिएको हरिश बिष्टले बताउनुभयो । शुक्रबार बिहानसम्म पनि पनि मृतकको सनाखत हुन सकेको छैन । घटनास्थलमा विहानथप प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुखप्रनाउ नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

याे पनि पढ्नुहाेस्

बस दुर्घटनामा नौ जनाको मृत्यु, ३४ घाइते