अमृतप्रसाद पौडेल
बेनी, फागुन २७ गते । गलेश्वर मन्दिर दर्शन गरेर फर्केका दर्शनार्थी लिएर बेनीतर्फ आउँदै गरेको ध १ ज ४७५ नम्बरको ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
हिमली जिल्ला म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा दर्शन गरी फर्कनका लागि ट्याक्सी चडेका एकै परिवारका ५ जना ट्याक्सी दुर्घटना हुँदा घाइते भएका हुन् ।
ट्याक्सी दुर्घटनामा चालकको असावधानीका कारण सडकबाट खसेको ट्याक्सीमा सवार कुश्मा नगरपालिका ५ का ६५ वर्षीय पृथ्वीनारायण शर्मा, ९ वर्षीय हिमान्सु पौडेल, ४३ वर्षीया सुनिता पौडेल, ३० वर्षिी लक्ष्मी शर्मा र ४ वर्षीया हिमानी पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर डाक्टर प्रसाद चौधरीले बताउनुभयो ।
घाईतेको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाईतेको अवस्था खतरामुक्त रहे पनि थप उपचारका लागि रिफर गरीएको बेनी अस्पतालले जनाएको छ । चालकले ट्याक्सी स्टार्ट गरी गाडीबाट बाहिर निस्किएको अवस्थामा ट्याक्सी खसेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।