logo
२०८१ श्रावण १२ शनिवार

विस्कुट कारखानामा भीषण अगालागी, नियन्त्रण प्रयास जारी

खुला |
फोटो फिचर |


2021-08-07-43820
तस्बिर सुजन गुरूङ्ग 


देबबहादुर कुँवर
काठमाडौं, साउन २३ गते । काठमाडौंको बालजुस्थित औधोगिक क्षेत्र भित्रको नेविको विस्कुट कारखानामा गए रातीबाट भीषण आगलागी भएको छ । राती करीब २:३० बजेबाट शुरु भएको सो आगलागी अहिले विहानसम्म नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख आशोक सिंहले बताउनुभयो ।
आगो नियन्त्रणका लागि उपत्यकाका सबै दमकल, प्रहरी, सेना र स्थानीय परिचालित भए पनि आगो नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयो । क्षतिको विवरण र आगलागीको कारणबारे अनुसन्धान भइ रहेको जनाइएको छ । 


तस्बिर सुजन गुरूङ्ग