logo
२०८१ मंसिर ९ आईतवार

तपाईको मास्क खै अभियानमा ट्राफिक प्रहरी (फाेटाे फिचर)

खुला |
फोटो फिचर |


2021-08-10-44090
तस्बिर: सुजन गुरूङ्ग


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २६ गते । काठमाडौं उपत्यकामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथामका लागि तपाईको मास्क खै भन्दै ट्राफिक प्रहरी सडकमा आएको छ । ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले उक्त रिबन न्युरोड गेटमा खटिएका ट्राफिक प्रहरीहरुलाई लगाइ दिएर कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि अनिबार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीले ‘तपाईको मास्क खैरु’ लेखिएको रिबनको प्रयोग गरी सचेतना शुरु गरेको छ ।

उपत्यकाको ४४ ट्राफिक कार्यालयका नौ सय जना ट्राफिक प्रहरीहरुलाई आजैबाट ड्उटीको समयमा अनिबार्य उक्त रिबन प्रयोगमा ल्याउन शुरु गरेको एसएसपी जनक भट्टराईले जानकारी दिनुभएको छ । कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले यस अभियानले सम्पुर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिबार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित गर्ने बताउनुभयो ।

यस अघि ट्राफिक प्रहरीले प्ले कार्ड प्रदर्शन, सार्वजनिक स्थानमा मास्क वितरण, सार्वजनिक यातायातमा अनिबार्य मास्कको प्रयोग गर्न सचेतना जगाउने, सामाजिक दुरी कायम गर्न र सिट क्षमता भन्दा बढि यात्रु नचढाउन र अनिबार्य मास्कको प्रयोग गर्न गराउन सचेत गराउँदै आएको छ ।