सुजल श्रेष्ठ
प्यूठान, फागुन ३ गते । स्वर्गद्वारीमा नगरपालिका–५ सारीस्थित यस भू–बनोटलाई ‘मिनी मुस्ताङ’को नाम दिन थालिएको छ । त्यहाँ माटोका विभिन्न आकार प्रकार, प्राकृतिक रुपमा बनेको भू–बनोट छ ।
यहाँ जिल्लाका विभिन्न ठाउँ, रोल्पा र दाङबाट समेत घुम्न आउने गदर्छन् । यस क्षेत्रमा पुरानो पुस्ता, पण्डित बाजेको लौरी चलचित्र छायाङ्कन गरिएको थियो । अहिले यहाँ घुम्न आउने आन्तरिक पर्यटकले फोटो खिच्ने र टिकटक बनाउने गर्दछन् ।
लुम्बिनी प्रदेशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीमाको आधार शिविरमा भू–बनोट छ । स्वर्गद्वारीमा आउने पर्यटक समेत भू–बनोटमा पुग्ने गर्दछन् ।
![](https://beta.gorkhapatraonline.com/news_gallery/620b2d7f2ca2d_Bhu_Banot_(2).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/620b2d7f2e246_Bhu_Banot_(3).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/620b2d7f2f699_Bhu_Banot_(4).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/620b2d7f30dd0_Bhu_Banot_(5).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/620b2d7f326f6_Bhu_Banot_(6).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/620b2d7f33ac6_Bhu_Banot_(7).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/620b2d7f34d30_Bhu_Banot_(8).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/620b2d7f36145_Bhu_Banot_(9).jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/620b2d7dda69a_Bhu_Banot_(1).jpg)