logo
२०८१ बैशाख ७ शुक्रवार

दमौली बजारमा भीषण आगलागी, १२ घरमा फैलिएको अनुमान (फाेटाे फिचर)

खुला |
प्रदेश |
फोटो फिचर |


2022-03-06-59264
तस्बिर : अमरराज नहर्की


अमरराज नहर्की
दमौली, फागुन २२ गते । तनहुँको सदरमुकाम दमौलीमा पर्ने व्यास नगरपालिका–४ मेनरोडमा आगोलागी हुँदा अबौंको क्षति भएको छ । भुपाल हार्डवर्यरबाट आइतबार विहान १० बजेबाट सुरु भएको आगो ज्योति जनरल सप्लायर्स हुँदै आसपासका करीव दुई दर्जन घरमा क्षति पुगिको छ ।

तीन वटा दमकलले आगो निभाउने प्रशाय गरिएको भएपनि अझै आगो नियन्त्रणमा आएको छैन । दुइवटा हार्डवयर पसलमा अति प्रज्ज्वलन शिल पद्धार्थ, प्याष्टिक ड्रम, पेन्ट्स्, डिष्ट्रिल वायर, प्याष्टिक पाईप, काठका विभिन्न समानहरु भएकोले आगो नियन्त्रण लिन कठिन भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख तथा प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । दमकल आगो भएको स्थान पु¥याउन नसक्दा आगो नियन्त्रणमा लिन कठिन भएको तीनवटा र डोजर दुई वटा घर भत्काएर दमकल छिराएर आगो नियन्त्रण लिने प्रशाय भईरहेको प्रनाउ रेग्मीले जानकारी दिनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा व्यास नगर प्रहरी परिचालन गरेको आगो नियन्त्रण लिने प्रशाय भई रहेको छ । पसलका आगाडीको भागमा रहेको समान सुरक्षाकर्मी तथा स्थानीय वासिन्दाले सुरक्षित गर्ने काम गरिरहेका छन् । करीव दुईघरमा आगोले प्रभाव परिसकेकोले अबौंको क्षति भएको अनुमान छ । आगो नियन्त्रणमा लिन नसकेकोले क्षतिको कति क्षति भएको त्यसको विवरण सार्वजाननिक हुन सकेको छ । आगोलागी हुँदा भिड धेरै हुँदा आगो नियन्त्रणमा लिन कठिनाई भइएको थियो ।

भीडलाई प्रहरीले हटाएर दमकल प्रयोग गरी आगो निन्त्रणको काम भईरहेको प्रहरीले जनाएको छ । विद्युत सट भई आगो लागि भएको अनुमान प्रहरीको छ । आगोलागि भएपछि दमौलीको विद्युत सेवा अवरुद्ध भएको छ ।