logo
२०८१ बैशाख २१ शुक्रवार

साताका सात तस्बिर

खुला |
फोटो फिचर |


2022-03-26-60740
कन्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको मयुर । विकास द्वारे


फ्लोरिकल्चर एसोसिएसन नेपालले ललितपुरको जावलाखेलमा आयोजना गरेको २३ औं फ्लोरा एक्स्पोमा सजाएर राखिएको फूल । बिहीबारबाट सुरु भएको एक्स्पो आइतबारसम्म चल्नेछ । सुजन गुरुङ

 


दिपायल डोटी झिङ्गाना हुँदै खप्तड राष्ट्रिय निकुञ्ज जाने सडक निर्माणमा व्यस्त मजदुर । सो सडकखण्ड निर्माणसँगै पर्यटकको आवातजावतमा सहजहुनेछ । विकास द्वारे ।

म्याग्दे गाउँपालिका–२, जामुनेस्थित माछापुच्छ्रे इँटा उद्योगमा सुकाइएका इँटा । उक्त उद्योग जिल्लाकै ठूलो र गुणस्तरीय इँटा उत्पादन गर्ने उद्योगका रुपमा परिचित रहेको छ । सानेबहादुर नेपाली\रासस

साँझपख देखिएको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा रहेको महाकाली नदीको दोधारा चाँदनी पुल । विकास द्वारे

काठमाडौं टेकुस्थित प्रहरी परिसरमा म्यादी प्रहरीका लागि भर्ना हुन लाइनमा बसेका सर्वसाधारण । चैत ६ गतेदेखि एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलेको हो । भर्ना अभियान चैत ११ गते सकिएको छ । कविता थापा

नेपालको तीन दिने भ्रमणमा आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा स्वागत गर्दै परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत । सुजन गुरुङ