logo
२०८० चैत्र १६ शुक्रवार



श्रीलङ्कामा दैनिक १० घण्टा विद्युत कटौती

अन्तर्राष्ट्रिय |


श्रीलङ्कामा दैनिक १० घण्टा विद्युत कटौती
फाइल फाेटाे


कोलम्बो, चैत १६ गते । श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ । देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नुपरेको अधिकारीहरूले जनाएका छन् ।

दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ ।

श्रीलङ्कामा प्रयोग हुने बिजुलीमध्ये ४० प्रतिशत बिजुली जलविद्युत परियोजना मार्फत उत्पादन हुने गरेको छ । जलविद्युत उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले सङ्कटमा छन् ।

पर्याप्त वर्षा नभएकाले जलाशयमा जल कम भएकाले बिजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाइ छ ।

बाँकी बिजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ । ती दुवै चीज विदेशबाट आयात गर्नुपर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको छ । कोइला र तेलको कमीका कारण बिजुली उत्पादन कम भएकाले विद्युत प्रवाह पनि कटौती गर्नुपरेको अधिकारीहरूको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?