logo
२०८० चैत्र १६ शुक्रवार



यमनका राष्ट्रपतिद्धारा नयाँ परिषद् गठन

अन्तर्राष्ट्रिय |


यमनका राष्ट्रपतिद्धारा नयाँ परिषद् गठन


रियाद, चैत २४ गते । यमनका राष्ट्रपति अबेड्राब्बो मन्सुर हाडीले बिहीबार नयाँ परिषद् गठन गर्नुभएको छ । युद्धग्रस्त मुलुक यमनमा हुथी विद्रोहीसँग सङ्घर्ष गरिरहेको सरकारलाई नयाँ स्वरुप दिन उहाँले उक्त उच्चस्तरीय परिषद् गठन गर्नुभएको हो ।

साउदी अरबको राजधानी रियादमा आयोजना गरिएको शान्तिवार्तामा हुथी विद्रोही सहभागी नभएपछि उहाँले परिषद् गठन गर्नुभएको हो । साउदी अरब आफूहरुको मुख्य शत्रु भएकाले साउदी अरबमा वार्ता गर्न जान नसकिएको हुथी नेताहरुले बताएका छन् ।यमनमा हुथी व्रिद्रोहीविरुद्ध लड्दै आएको सरकारलाई साउदी अरबको सहयोग रहेकोले साउदी अरबलाई हुथी विद्रोहीहरुले मुख्य शत्रु मान्ने गरेका हुन । सो सरकारलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन रहेको छ ।

यमनमा सन् २०१४ देखि सरकारी पक्ष र हुथी विद्रोहीबीच सङ्घर्ष चल्दै आएको छ । विश्लेषकहरुले हुथी विद्रोहीको समर्थन विनाको परिषद्को औचित्य हुन नसक्ने बताएका छन् । उहाँले गठन गरेको परिषद् आठ सदस्य रहेको र त्यसको नेतृत्व पूर्व गृहमन्त्री तथा उहाँकै सल्लाहकार रशद अल अलिमिले गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?