logo
२०८१ बैशाख ८ शनिवार



अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते

अन्तर्राष्ट्रिय |


अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते



न्युयोर्क, चैत २६ गते । अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहारसम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ ।

घटनामा परी अरु दुई जना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । 

न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर स्थानीय समय अनुसार राती १।४५ मा घटना भएको हो । 

घटनामा परी १६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई छातीमा गोली लागेको थियो । 

त्यसैगरी अरु दुई जनालाई पनि गोली लागेर घाइते भएको न्युयोर्कको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?