logo
२०८० चैत्र १५ बिहीवार



भारतमा अझै पनि दैनिक ११ सय सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा अझै पनि दैनिक ११ सय सङ्क्रमित


नयाँ दिल्ली, चैत २६ गते । कोरोनाभाइरसबाट भारतमा अझै पनि दैनिक झण्डै थप ११ सय मानिस सङ्क्रमित हुने गरेका छन् ।

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा देशभरि एक हजार १५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ११ हजार ३६५ रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा एक हजार १९४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा चार करोड २५ लाख एक हजार १९६ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गइरहेको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा कोरोनाका कारण ८३ जनाको मृत्यु भएको छ । कोरोनाबाट अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या भने पाँच लाख २१ हजार ६५६ पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?