बाक्लो हिमपातले कालीकोटका बस्ती सेताम्मे
गोरखापत्र अनलाइन
माघ २१, २०७८ शुक्रबार
लगातारको वर्षापछि कालीकोटमा तेस्रो पटक हिमपात भएको छ । पहिलो र दोस्रो पटक लेकाली क्षेत्रमा मात्र हिमपात भएको थियो । यसपाली जिल्लाका अधिकांश बस्ती हिमपातले सेताम्मे भएका छन् । हिमपातले सदरमुकाम मान्म वजार पुरिएको छ । नेपाली सेनाको ब्यारेक रहेको आरुपाटा गएरातीदेखिको हिमपातले ढपक्क ढाकिएको छ ।