पहाडी क्षेत्रसम्म हिमपातले जनजीवन कष्टकर
गोरखापत्र अनलाइन
माघ २१, २०७८ शुक्रबार
बिहीबारदेखि बदली भएको मौसमसँगै परेको बाक्लो हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । पाँचौ पटक देशैभरका हिमाली र उच्चपहाडी क्षेत्रमा परेको हिँउ एक हजार सात सय मिटरसम्म परेसँगै सोलुखुम्बुमा जनजीवन कष्टकर बनेको हो ।
सोलुखुम्बुको एक हजार सात सय मिटर क्षेत्रसम्म हिमपात भएको स्थानीयबासी कामिङिमा शेर्पाले जानकारी दिनुभयो । बाक्लो हिमपातले चिसो अत्याधिक बढेपछि मानिसहरु बाहिर निस्कन नसकेको र चौपायलाई समस्या भएको उहाँले...