आठ वर्षसम्म सञ्चालनमा आएन अटोभिलेज
गोरखापत्र अनलाइन
माघ २०, २०७८ बिहीबार
भैरहवामा सिद्धार्थ अटोभिलेज सञ्चालनका लागि सम्झौता भएको आठ वर्ष बित्दा पनि सञ्चालनमा आएको छैन । सिद्धार्थनगर नगरपालिकाले नगरलाई सफा, सुन्दर र पर्यटकीय नगर बनाउने अवधारणा अन्तर्गत वडा नम्बर ९ गोनहियामा अटोभिलेज सञ्चालनका लागि २०७० सालमै श्रमिकहरुसँग सम्झौता गरेको थियो । तर अझैसम्म कार्यान्वयनमा आएको छैन ।