नेपालगञ्ज विमानस्थल खुलेन, दिउँसोसम्म उडान रद्द
गोरखापत्र अनलाइन
माघ १६, २०७८ आइतवार
बाक्लो हुस्सु र कुहिरोका कारण बिहानैदेखि मौसम बिग्रिएकोले आइतवार दिउँसोसम्म नेपालगञ्ज विमानस्थलको उडान रद्द हुने बताइएको छ । यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लामा हुने र सङ्घीय राजधानी काठमाडौं तथा पोखराका लागि हुने सबै उडान रद्द गरिएका छन् । उडान रद्द हुँदा विभिन्न ठाउँमा जान विमानस्थल पुगेका सयौं यात्रु विमानस्थलमै रोकिएका छन् ।