हाइड्रो जोन मार्वु बत्तीमुनिको अँध्यारोमा
गोरखापत्र अनलाइन
माघ १५, २०७८ शनिबार
दोलखाको गौरीशंकर गाउँपालिका –७ मार्वु पछिल्लो समय हाइड्रोपावर जोनको रुपमा विकास हुँदैगइरहेको छ । करिब आधा दर्जन जलविद्युत निर्माणाधीन अवस्थामा रहेको यस वडामा पाँच मे्गावाटको घट्टेखोला जलविद्युत आयोजनाले एक वर्ष अघिदेखि विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको थियो । तर बत्ती मुनिको अँध्यारोझै मार्वुको अधिकांश गाउँमा राष्ट्रिय प्रसारण लाइन जडान हुन सकेको छैन् । वडा –७ स्थित हुप्ची, भस्मे, मर्वु,...