'छोरो जन्मिएकोमा हर्षित छु तर माफी माग्दिन'
गोरखापत्र अनलाइन
माघ १५, २०७८ शनिबार
काभ्रेपलाञ्चोक बिहावर डिहीगाउँ बस्ने मेरा बुवा जगन्नाथ सापकोट राणाकालमा प्रहरीको जागिरे भएकाले काठमाडौंमा बस्नु हुँदा मरुहिटीस्थित सहिद गंगालालको घरमा डेरा गरि बस्नुहुँदो रहेछ । गंगालाल श्रेष्ठका पिता भक्तलाल श्रेष्ठ सरकारी सेवामा रहनु भएकोले सेवाको प्रकार अर्थात क्षेत्र भिन्न भए पनि कानुनी कुराहरु तथा कतिपय अन्य विषयहरु असहज भएको बेला परामर्श गरी सहज बनाउन सहयोग आदान प्रदान समेत हुने गरेको रहेछ ।