बाजुरामा १३ दल दर्ता, ७० वटा मतदानस्थल कायम
गोरखापत्र अनलाइन
चैत्र २१, २०७८ सोमबार
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाजुरामा १३ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगको कार्यालयअनुसार चैत २ देखि ६ गतेसम्म दल दर्ता गर्ने समय तालिकाअनुसार बाजुरामा १३ वटा राजनीतिक दल दर्ता भएका हुन् । जिल्ला निर्वाचन कार्यालय बाजुराकाअनुसार नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाल (एकीकृत समाजवादी) पार्टी जिल्ला निर्वाचन कार्यालमा दर्ता भएका छन् ।