गर्मी बढेसँगै गाउँ पस्दै मनाङवासी, सुरु भएन चुनावी चहलपहल
रासस
चैत्र २१, २०७८ सोमबार
स्थानीय तह निर्वाचन नजिकिएसँगै देशभर गाउँदेखि सहरसम्म चुनावी चहलपहल बढे पनि मनाङमा भने चुनावी सरगर्मी बढेको देखिएको छैन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दलले उम्मेदवार छनौट गरिरहेका छन् । तर, हिमाली जिल्ला मनाङमा भने चुनावी गतिविधिहरु नबढ्दा उम्मेदवार छान्ने काम पनि हुन सकेको छैन ।