निर्माणाधीन पुलको बिम खस्दा आठ कामदार घाइते, दुईको अवस्था गम्भीर
गोरखापत्र अनलाइन
चैत्र २१, २०७८ सोमबार
पाल्पा र स्याङ्जा जिल्ला जोड्ने निर्माणाधीन पुलबाट खस्दा आठ जना कामदार घाइते भएका छन् । पाल्पाको रामपुर–६ प्याकलुक र स्याङ्जाको चापाकोट–८ दामाचौर जोड्ने मोटरेबल पुल जोड्ने क्रममा बीम सहित कामदार खस्न जाँदा आठ जना घाइते भएका हुन् ।