सामाजिक सुरक्षा भत्ता वितरण गर्न माग
गोरखापत्र अनलाइन
चैत्र १५, २०७८ मंगलवार
सप्तरीको तिलाठी कोईलाडी गाँउपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई भइरहेकोप्रति जनता प्रगतिशील पार्टी नेपालले आपत्ति जनाएको छ । सप्तरीको अधिकांश स्थानिय तहमा दुई किस्ताको रकम वितरण भइसकेको र तेस्रो किस्ताको रकम वितरणको तयारी भइरहँदा तिलाठी कोईलाडी गाउँपालिकामा हालसम्म एक किस्ता मात्र सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सो दलको आरोप छ ।