‘स्थानीय तह संविधानका अधिकारलाई जनताको घरदैलोमा पुर्याउँदै छन्’
रासस
चैत्र १४, २०७८ सोमबार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पुर्याएर सेवा गर्दै आएको बताउनुभएको छ । ललितपुर महानगरपालिका–२८ को वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले पहिलो पटक अधिकार सम्पन्न भएको जनताको नजिकको वडाले नयाँ अनुभव हासिल गर्दै जनसेवा गरेको आफूले अनुभूत गरेको बताउनुभयो ।