चैतेदशैँ सकियो, बिकेनन् ठेकाठेकी
रासस
चैत्र २९, २०७८ मंगलवार
चैत शुक्ल पक्षमा मनाइने चैत्राष्टमी अर्थात् चैते दशैँ पर्व । बागलुङ कालिका मन्दिर परिसरमा यो पर्वमा मेला लाग्ने चलन पाँच सय वर्ष पुरानो हो । बागलुङ कालिका नामक पुस्तकमा उल्लेख भएअनुसार यो पर्व बागलुङको पहिचान र ठूलो चाड हो । चैत शुक्ल पक्षको नवदुर्गामा बागलुङ कालिकाको पूजाआजा र मन्दिर परिसरमा लाग्ने मेला एकअर्काका पर्याय हुन् ।
परापूर्वकाल अहिलेको जस्तो सुविधा सम्पन्न पकै थिएन होला । गाउँघरमा अत्यावश्यक भाँडावर्तन,...