म्याग्दीमा सत्ता गठबन्धन बन्दै, दुई पालिकामा एमालेकाे सर्वसम्मत उम्मेदवार छनोट
गोरखापत्र अनलाइन
चैत्र २९, २०७८ मंगलवार
आसन्न स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले भने जिल्लास्तरमा गठबन्धन गरेर जाने विषयमा सैद्धान्तिक सहमति गरेका छन् । गठबन्धनको मोडालिटी केन्द्रबाट आएपछि जिल्लास्तरमा उम्मेदवार चयन गरिने नेपाली काँग्रेसका जिल्ला उपसभापति केबी भण्डारीले बताउनुभयो ।