डिजे र लाउडस्पिकरका कारण ध्वनि प्रदूषणको समस्या बढ्दो
गोरखापत्र अनलाइन
चैत्र २, २०७८ बुधबार
धार्मिक तथा सांस्कृतिक उत्सवलाई उत्साह, उमङ्ग र स्नेहले मनाउने परम्पराविपरीत भड्किला र दिक्कलाग्दो शैलीको सुरुवातसँगै ध्वनि प्रदूषणका मारमा जनकपुरक्षेत्रका बासिन्दा र चराचुरूङ्गी पर्नेगरेका छन् । विभिन्न अवसर पारेर चर्का स्वरमा बजाइने गीतसङ्गीतका कारण स्थानीयको दिनचर्या प्रभावित भएको छ । यसैकारण स्थानीयमा स्वास्थ्यसम्बन्धी समस्याहरू देखा पर्न थालेको स्थानीयको भनाई छ । साइबेरिया, भारतलगायतका देशबाट आउने...